बिहिबार, बैशाख १३, २०८१

निःशुल्क स्वास्थ्य शिविरबाट ५सय५९ स्थानीय लाभान्वित

चारआली माघ २८, नव सृर्जनशील युवा समाज दुहागढीले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५सय५९ स्थानीय लाभान्वित भएका छन र विहान ९ बजेबाट सुरु भएको निःशुल्क शिविरमा फिजिसियन, आँखा, छाला तथा यौन रोग, स्त्री रोग, नशा रोग र नाक कान, घाँटी रोग विषेशज्ञले स्वास्थ्य परीक्षण गराएका थिए ।  जसमा २०७ जनाको आँखा परीक्षण गर्दा २६ जनाको आँखामा मोतिविन्दु देखिएको उपचारमा सहभागी काँकरभिट्टा आई केयरका डाक्टरले जनाएको छ । Captureफिजिसियनका २५० जना, नाक, कान, घाँटीका १९८ जना, स्त्री रोगका १६७ जना , छाला तथा यौन रोगका ८७ जना, नशा रोगका ३०१ गरी ४५९ जनाले सेवा पाएको वी एण्ड सी टिचिड. अस्पतालका मार्केटिड मेनेजर लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । शिविरमा १६ जनाले रक्तदान गरेको रेडक्रस सोसाइटी साखा बिर्तामोडले जनाएको छ ।

शिविरमा वी एण्ड सी टिचिड. हस्पिटल प्रालि र काँकरभिट्टा आई केरयको प्राविधि सहयोग तथा स्थानीय गोरखकाली र सेन्चुरी उधोग प्रालिको प्रायोजन रहेको थियो । धुँवा, धुलो र ध्वनीका कारण स्थानीयबासी मर्का परेको बुझेका सिमेन्ट उधोगीले स्थानीय नव सृजनशील युवा समाजको अगुवाईमा उक्त कार्यक्रम गरेको हो । शिविरमा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिनुपूर्व आयोजित कार्यक्रममा एकै साथ रक्तदान, वयोवृद्धाको स्वास्थ्य परीक्षण र व्यानर वाचन गरेर उद्घाटन भएको थियो । कार्यक्रमका प्रमुख अथिति उद्योग संघ झापाका अध्यक्ष टीकाराज ढकालले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए भने, युवा समाजका उपाध्यक्ष लक्ष्मण कार्कीले १५ औं पटक रक्तदान गरेर रक्तदानको उद्घाटन गरेका थिए । त्यसैगरी दुहागढी २ का ९० वर्षीय बयोवृद्धा चन्द्रलाल न्यौपानेको स्वास्थ्य वी एण्ड सी हस्पिटलका फिजिसियन डाक्टर प्रमोदकुमार शाहले परीक्षण गरेपछि स्वास्थ्य शिविर सुरु भएको थियो ।  कार्यक्रममा संस्थाले शिक्षा, स्वास्थ्य, स्वरोजगार कार्यक्रम अन्तरगत शिक्षा क्षेत्रमा नमुनाको रुपमा विद्यालयलाई सञ्चालन गरी नेपाल सरकारबाट पुरस्कृत भइसकेको बासु निम्न माविका प्रधानाध्यापक विश्व थापालाई सम्मान गरेको थियो । सम्मानित व्यक्ति थापालाई प्रमुख अथिति ढकालले सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031