मङ्लबार, चैत्र ६, २०८०

धाइजनको सहिदमार्ग पुनः सूचारु हुने

प्रकाश उप्रेती / चारआली फागुन १६, निर्माणाधिन अवस्थामै अलपत्र परेको झापाको दुहागढी—६ धाइजनमोडदेखि दुहागढी—१ जोडिने सहिदमार्ग पुनः सूचारु हुने भएको छ । नव सृजनशील युवा समाजले स्थानीयबासी, निर्माण समिति र सम्बन्धित ठेकेदारसँग सोमबार आयोजना गरेको ‘समस्या र त्यसको सामाधान’ विषयक छलफल ठेकेदारले प्रतिबद्धता जाहेर गरेपछि उक्त मार्ग मंगलबारबाट सूचारु गरिने भएको हो । सहिदमार्ग निर्माण निपरन्तर नहुँदा धुँलो र धुवाका कारण Captureआफूहरुलाई समस्या परेको भन्दै स्थानीयबासीले चाडो निर्माण गरिदिन ठेकेदारलाई ध्यानाकर्षण गराका थिए । सो क्रममा ठेकेदार ‘दीवा झापाली जेभी व्लिडर्स’ का प्रबन्ध निर्देशक शेरबहादुर थापाले काम सूचारु गर्दा स्थानीयको सहयोग भए मंगलबारबाटै कालोपत्रको काम सूचारु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
२०७३/०७४ मा सहिदमार्गको स्तरोन्नतिका लागि क्षेत्र नम्बर २ का सभाषदको सांसद विकास कोष र स्थानीय निकायको गरी ३ करोड १५ लाख निकासा भएपछि ०७३ साल बैसाखबाट उक्त बाटोको निर्माण सुरु गरिएको थियो । एक चरणको कामपछि ठेकेदारले बाटो निर्माणमा ससाना समस्या आएको भन्दै ठेकेदारले निर्माण रोकेको थिए ।
५ किलोमिटर २ सय मिटर लम्बाई र ४० फुट चौडाई रहेको उक्त सहिदमार्गमा ‘डबल वेस सकेस डेसिङ’ को कालोपत्रे गरिने ठेकेदार थापाले भनाई छ । उनले मंगलबारदेखि बाटो खन्ने काम सुरु गर्ने र ३० डिग्री सेल्सियस मौसम भएपछि कालोपत्रे गरिने बताए ।  कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सर्वसाधारणले ठेकेदारप्रति देखाएको सहानुभूतिलाई ठेकेदारले अनुशरण गर्दै चाडो भन्दा चाडो निर्माण सूचारु गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा कम्पनीका साइड इन्चार्ज मौसम थापाले बाटो निर्माण गर्दा सुरुदेखिको अवस्थाका विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा निर्माण समिति र स्थानीय नव सृजनशील युवा समाजले बाटो रेखदेख तथा अनुगमन गर्ने समेत निर्णय भएको छ । नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले समयमै बाटो निर्माण नहुँदा धुलोका कारण स्थानीयवासी आक्रान्त बनेको ध्यानाकषर्ण गराउँदै निर्माणमा कुनै पनि समस्या आए स्थानीयको तर्फबाट ठेकदारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसैगरी अभिनारायण मैनाली, कृष्ण सुवेदी, गोपीराज मैनाली, सूर्य कडरिया, श्याम राजवंशीलगायतले समयमै बाटो निर्माण नहुँदा आफूहरु पीडित भएको भन्दै चाडो निर्माण गर्न ठेकदारलाई सुझाव दिएका थिए । कार्यक्रम बद्री महतको अध्यक्षतामा सम्पन्न   भएको थियो ।