शनिबार, बैशाख ८, २०८१

दुईबुँदे सहमति महासंघको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुल्यो

काठमाडौ फागुन ६,  नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी महासंघ र प्रेस युनियन नेतृत्वबीच पटक पटकको वार्ता पछि दुईबुँदे सहमति गर्दै आजबाट तालाबन्दी खुलेको छ ।  महासंघ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले गत फागुन २ गते Capture dfमहासंघ मुख्यालयमा तालाबन्दी गरेको थियो ।  सहमतिपत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासंघले शुक्रबारै विज्ञप्ति जारी गर्ने र युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्ने उल्लेख छ ।

ताला खोलेपछि महासंघका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासंघले बुझेको बताउँदै महासंघ सबैको साझा संस्था भएकोले सोहि अनुरुप अगाडि बढ्न प्रतिवद्ध रहेको बताउुँनु भएको थियो भने युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाईमात्र महासंघको सदस्यता वितरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसअघि लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले   महासंघमा भएको  तालाबन्दीको  प्रकरणमा   समाजको  ध्यानाकर्षण  भएको  जनाउँदै  तत्काल संवादको माध्यमबाट  विवादको निरुपण गर्न  अपिल गरेको  थियो । समाजका अध्यक्ष  दामोदर दवादीले जारी गर्नु भएको  विज्ञप्तिमा  अस्वस्थ्य प्रतिस्प्रर्धाकार विवादले  नेपाली प्रेस जगतको  गरिमामा  आँच  आउँने  भएकाले  सवै पक्षलाइ  विवाद समाधानका लागि  अग्रसर हुँन  आव्हान  गरिएको  थियो ।