शुक्रबार, चैत्र १६, २०८०

थापा परिवारले बनाए सरस्वतीको मन्दिर

बिर्तामोड माघ १९, झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको श्री पञ्चमीको अवसर पारेर आज अनावरण गरिएको छ ।  स्थानीय चन्द्रमाया थापासहित थापा परिवारले निर्माण गरेको सरस्वतीको मन्दिरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका _MG_1019सभापति लोकराज ढकाल र दाता परिवारको तर्फबाट चन्द्रमायाले संयुक्तरुपमा अनावरण गर्नु भएको हो ।

थापा परिवारले प्रदान गरेको पाँच कठ्ठा जग्गामा २०६५ सालमा उक्त विद्यालय स्थापना भएको हो । मन्दिर अनावरण कार्यक्रममा निमार्णदाता चन्द्रमाया, दाता परिवारको तर्फबाट तीलक–विष्णुकला थापा, राजेन्द्र–अर्चना थापा, कुमार –इन्दिरा थापा र विशाल–समृद्धि थापालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानको क्रममा विद्यालयका पूर्व शिक्षक पुष्पा दाहाल र दुर्गा तिम्सिना तथा चन्दादाता धनबहादुर पन्धाकलाई समेत प्रशंसापत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकश लुइटेलले जानकारी दिए ।

समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार खतिवडाले विद्यालयको पृष्ठभूमिसहितको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि ढकाल, सहायक जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारी, दाता परिवारका तर्फबाट अर्चना थापा, नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बर थापाले मन्तव्य राखेका थिए । त्यसै अवसरमा शिक्षासेवी जयनारायण ढुंगानाले विद्यालयमा पानीट्यांकी निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको व्यवस्थापन समितिका सदस्य लुइँटेललाइ उदृत गर्दै प्राप्त समाचारमा १ सय ४६ जना विद्यार्थी अध्ययरत् सो विद्यालयमा ५ शिक्षक, २ जना बालविकासका शिक्षक र १ जना कर्मचारी रहेको प्रधानाध्यापक रमेशराज भट्टराईले जानकारी दिएको उल्लेख गरिएको छ । कार्यक्रममा आयाम कला केन्द्रका कलाकारका साथै स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।