बिहिबार, चैत्र १५, २०८०

तालावन्दी गर्नु पर्ने अवस्था सिर्जना हुनु महासंघ केन्द्रीय नेतृत्वको लागि लज्जाको विषय : सञ्चार सम्वद्ध संघसस्था

काठमाडौ फागुन ५ , सञ्चार सम्वद्ध विभिन्न संघसस्थाहरुद्दारा पत्रकार महासंघ पत्रकारहरुको साझा संस्था मएका कारण यो वात्यो वहानामा केहि अमूक दल मिति २०७३ फागुन ५निकटको भातृ संस्थाको रुपमा रुपान्तरित गर्ने प्रयासलाई टुलुटुल हेर्न नसकिने जनाउ दिदै सदस्यतामा अनियमितता विवाद प्रकरणका कारण नेपाली पत्रकारहरुको साझा संस्था महासंघ अहिले इतिहासकै गम्भिर मोडमा अर्थात केन्द्रीय कार्यालयमा तालावन्दी गर्नु पर्ने अवस्था सिर्जना हुनु महासंघ केन्द्रीय नेतृत्वको लागि लज्जाको विषय बताएका छन ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेशनल युनियन अफ जर्नालिष्टका अध्यक्ष तेजप्रकाश पण्डित, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, त्यस्तैगरि अध्यक्ष संघीय प्रेस फोरमका गोविन्द छन्त्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही र अनलाइन संघ नेपालका महासचिवअमृत कुमार पन्थीद्दारा आज साँझ सयुक्त विज्ञप्ति जारी गदै यस्तो अभिव्यक्ति दिएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा प्रतिवद्ध हामीहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लड्दै आएका छौं । राज्य र संविधानले अंगिकार गरेका व्यवस्था र प्रावधानहरुलाई हामी आत्मसाथ गर्दै समावेशी चरित्र समाजका सबै निकायमा देख्न चाहन्छौ । यि विषयहरु विधी, विधान, प्रक्रिया र विगतमा अवलम्वन गरिएका अभ्यासहरु मार्फत निर्देशित हुनुपर्छ भन्नेमा विश्वास राख्दछौं । तर माथि उल्लेख गरिएका विषयहरुलाई नजरअन्दाज गर्दै असहिष्णु व्यवहार देखाउँदा नेपाल पत्रकार महासंघ विश्रृङखलताको दलदलमा भासिएको उल्लेख गरिएके छ। त्यस्तै गरि विज्ञप्तिमा यसको परिणाम अन्र्तगत केन्द्रीय कार्यालयमा तालावन्दी भएको छ भने विभिन्न जिल्ला शाखाहरुमा पनि तालावन्दी गरिएको जनाएको छ । साथै विज्ञप्तिमा अन्धाधुन्द करिव ४० जिल्लामा केन्द्रबाटै तजविजी शैलीमा सदस्यता थपिएका कारण पत्रकार महासंघका साझेदार हाम्रा संस्थाहरु महासंघको विभिन्न शाखाहरुको अधिवेशन स्वच्छ र पारदर्शी ढंगले हुन्छ भन्नेमा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताएको छ ।

त्यस्तैगरि महासंघलाई यसको चरित्र अनुसार साझा नवनाउने हो भने हामीहरु लगायत धेरै संस्थाहरुको तर्फबाट अझ गम्भिर स्थिति उत्पन्न हुनेतर्फ ध्यानाकर्षण गराउँदै नेपाल प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयमा तालावन्दी लगाएको कारणको हल खोज्दै सदस्यता विवाद सकाएर मात्र विभिन्न चरणमा हुने अधिवेशनका प्रक्रिया अघी बढाउन हामी जोडदार माग गर्नुको अलावा अन्यथा स्थानियस्तरमा उत्पन्न हुने सबै प्रतिक्रियाको दोषी नेपाल पत्रकार महासंघ र यसको उच्च नेतृत्व नै हुने हामी सचेत गराएको छ ।