शुक्रबार, चैत्र १६, २०८०

तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्नेमा नेता सिंहको जोड

काठमाडौ माघ २२, किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको आज उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता Capture 16299261_10154977237357329_7245622273811043976_nप्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

संविधानत प्रस्तावित समयमा तिन तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकाले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुको विकल्प नभइको भन्दै उहाँले यदि निर्धारित समयमा तीन तहको निर्वाचन हुन नसके अहिलेसम्म प्राप्त भएको उपलब्धि पनि गुम्न सक्ने खतरा रहेको बताउँदै दलहरु एक भएर निर्वाचनमा जानुपर्ने मा जोड दिनु भएको हो । साथै उहाँले कुनै पनि बहानामा निर्वाचन रोक्न खोज्यो भने त्यो काँग्रेसलाई मान्य नहुने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।