शुक्रबार, चैत्र १६, २०८०

जलेश्वरनाथ मन्दिरमा शिवरात्रीको भव्य तयारी ,दुईलाख दर्शनार्थी आउने अपेक्षा

रञ्ंजन भहोत्तरी फागुन १२, जलेश्वरमा महाशिवरात्रीको तयारी पुर्ण भएको छ । जलेश्वरनाथ महादेव मन्दिरमा शिवरात्री पुजाको लागि व्यवस्थापनको 20170223_18164920170223_181739जिम्मेवारी 20170223_18205720170223_092431पाएको सामुदायिक प्रहरी सेवा केन्द्रले तयारी पुरा भएको भन्दै यसपाली दुईलाख दर्शनार्थीले दर्शन गर्ने अपेक्षा गरिएको आयोजक समिति संयोजक अमरदिप साहले जनाए । विगतका वर्षहरुमा शिवलिंग दर्शन गर्न आउने दर्शनार्थीहरुलाई हुने गरेको विभिन्न समस्यालाई मध्यनजर गर्दै विशेष तयारी गरिएको उहाको भनाई छ ।
जलेश्वरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा स्थापित गर्न सहयोग पुग्ने दृष्टिकोणले शिव गुफा समेत निर्माण गरिएको शिव गुफा भित्र बार्ह ज्योर्तिलिंङ्गको स्थापना गरिएकोले दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति हुनेमा आयोजक विश्वस्त छन । सो स्थलमा मेला लगाउन मनोरंजनको व्यवस्था गर्दै झुला लगायतका विभिन्न मनोरंजनको साधनहरुको समेत व्यवस्था गरिएको छ । महिला दर्शनार्थीको सहजताको लागि महिला सशस्त्र र जनपद प्रहरीलाई जलगुफा भित्रै रह्ने व्यवस्था गरिएको छ । पाकेटमार तथा उश्रृंखल तत्वहरुलाई नियन्त्रण गर्न वर्दीधारी प्रहरीसंगै सादा पोसाकका प्रहरी समेत रह्ने जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले जनाए । उनले करिव ३० जना महिला प्रहरी गरि सयजना भन्दा वढी प्रहरी ड्युटीमा खटिने बताए ।

यता नेपाली सेना,शसस्त्र प्रहरी र स्थानिय युवाहरुले विगत दश दिन देखि सरसफाई,रंगरोगन र दर्शनार्थीहरु लाईन लाग्न सहज बनाउन विभिन्न तयारी गरेको थियो । त्यसतै मन्दिरको साजसजावट समेत पुर्ण भैसकेको सामुदायिक प्रहरीले जनाए । यता शुक्रवार हुने शिवरात्रीको लागि विहिवार कलश यात्रा समेत निकालिएको छ । प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवको नेतृत्वमा रथ सहित निस्केको सो कलश यात्रामा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिका साथै सुरक्षा दस्ता समेत सहभागि भएका थिए भने विभिन्न विद्यालयका वालवालिका,राजनितिक दलका प्रतिनिधी,नागरिक समाज,युवा,संघसंस्थाका प्रतिनिधी लगायतकाले सहभागिता जनाएका थिए ।
जलेश्वरनाथ महादेव फ्रि वाईफाई जोन : शिवरात्रीलाई मध्यनजर गर्दै जलेश्वरनाथ महादेव मन्दिरलाई फ्रि वाईफाई जोन बनाईएको छ । हिमालयन अनलाईन सर्भिसेजले सो वाईफाई जोन बनाएको हो । यस ईन्टरनेट कम्पनीका जिल्ला प्रमुख राजेश कुमार राय(राजु)ले हाललाई मन्दिरलाई फ्रि जोन गरिएको र आउने परिक्रमा र होलीलाई मध्यनजर गर्दै अन्य ठाउलाई समेत फ्रि जोन बनाईने बताए ।