शनिबार, बैशाख ८, २०८१

घर पुनःनिर्माण गरिसकेका घरधनीलाई सुपरिवेक्षणपछि एकैपटक ३ लाख सहयोग उपलब्ध गराइने

काठमाडौ फागुन ६ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले भूकम्पका कारण क्षतिग्रस्त भइ घर पुनःनिर्माण गरिसकेका sdfघरधनीलाई आयोजना कार्यान्वयन एकाइ वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा राज्यको तर्फबाट दिइने भनिएको अनुदानबापतको रु ३लाख सहयोग एकैपटक भुक्तानी गर्न र पुनःनिर्माण गरिरहेका घरधनीलाई भने ३ किस्तामा रकम भुक्तानी दिन निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेका समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै बैठकले समितिको फागुन २ गतेको बैठकको निर्णय कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गर्नुको अलावा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा भएको सामूहिक जमानीमा दिने भनिएको निव्र्याजी ऋण र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको कार्यविधिबमोजिमको सहुलियत बैंक ऋण सहजरुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेृत गरेको छ ।