शुक्रबार, चैत्र १६, २०८०

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं माघ १९, सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य आज राति १२ बजेदेखि लागू हुने गरि बढाएको छ । नेपाल आयल निगम व्यवस्थापनको बुधबार Liquefied_petroleum_gas_cylindersबसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १३ सय ५० रुपैयाँ पुर्‍याएको हो ।
भारतीय आयल कर्पोरेसनले फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा घाटा धेरै भएकोले मुल्य बढाउँनु परेको नेपाल आयल निगमले जनाएको छ । यसअघि, ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ रहेको थियो ।