बिहिबार, बैशाख ६, २०८१

काँग्रेस र मोर्चावीचको छलफल: संशोधन प्रस्ताव लाई पारित गर्दै निर्वाचनमा जानु पर्नेमा नितिगत सहमति

काठमाडौ माघ २३,  सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेशी मोर्चावीच आज काँग्रेस सभापति शेरवहादुर देउवाको निवासमा भएको वार्तामा सहमतिमै संविधान संशोधन प्रस्ताव लाई पारित गर्दै निर्वाचनमा जानु पर्नेमा नितिगत सहमति भएको छ । बैठकमा व्यवस्थापिका संसदमा टेबुल भएको संशोधन प्रस्तावलाई अब छिटोभन्दा छिटो अघि बढाउनुको विक्लप नभएको चर्चा सहित त्यसपछि मुलुकमा चुनावी वातावरणको स्वस्फुर्त बन्ने चर्चा भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

बैठकमा सहभागी मोर्चा सम्वद्ध एक नेतालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भए अनुसार पहिला संशोधन प्रस्ताव पारित गराउने र त्यसपछिमात्रै चुनावमा जान सहमति भएको बताईएको छ । बैठकमा काँग्रेसका सभापति देउवा, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु विमलेन्द्र निधि, कृष्ण सिटौला लगायतका नेताहरुको उपस्थिति थियो भने मोर्चाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव लगायतका नेताहरुको उपस्थिती रहेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031