शनिबार, बैशाख ८, २०८१

काँग्रेस-दोलखा काठमाडौ सम्पर्क समितिको अध्यक्षमा घिमिरे

काठमाडौं फागुन १४,  नेपाली काँग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिको आज भएको भेलाले  मेलमिलाप, सहमति र सहकार्यको मूल मन्त्रलाई आत्मसात गर्दै गोपाल घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।  नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामा, नेपाली काँग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्का, पूर्व सभापति उद्दव काफ्ले,नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामा, एवम् महासमिति सदस्य आङनिमा शेर्पा लगायतका व्यक्तित्वहरुको उपस्थितीमा भएको उक्त भेलाले क्रियाशील सञ्चारकर्मी समेत रहेका घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो ।

 नवगठित कार्य समितिको उपाध्यक्ष ,महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस कृष्णध्वोज योन्जन, तिर्थ खड्का विजय लामा र शरोज शिवाकोटी र सोनाम लामालाइ चयन गरेको छ ।

त्यस्तै गरि कार्य समिति सदस्यमा सावित्री काफ्ले, सांगे छिन्जुम खड्का, जितबहादुरवम्जन, महल थामी,बलाराम खतिवडा, राजु धनुके, टेकराज शिवाकोटी, रामप्रशाद फुयाल, जनकध्वज कार्की, प्रविण शाही,भुवन थाप,सुधा शाही,दिपक खुलाल रमेश ठकुरी, प्रदिप घिमिरे, नवराज  दाहाल रहेका छन।

यसैक्रममा काँग्रेस दोलखा काठमाडौ सम्पर्क समितिमा  अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको मित्र गोपाल घिमिरे लगायत सिङगो कार्यसमितिको  सफल कार्यकालको कामना गर्दै यस  http://www.kantipurhotline.com को तर्फबाट शुभकामना व्यक्त गर्दछौं ।