मङ्लबार, बैशाख ११, २०८१

एमाले स्थायी कमिटी बैठक:निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय

काठमाडौं फागुन ३, नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले वैशाख र ज्येष्ठभित्र नै स्थानीय तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले फागुन १४ गते क्याम्पसहरुमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पु-याउन भएका तालाबन्दीहरुप��रति बैठकको गम्भीर ध्यानाकर्षण भएको भन्दै मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्रस्वरुप यस्ता क्रियाकलापहरु भएको ठहर गर्दै प्रस्तावित निर्वाचनहरुका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा एमालेले आगामी फागुन २१ गतेदेखि गर्ने मेची–महाकाली राष्ट्रिय जनअभियानलाई अनुमोदन गर्दै सशक्त पार्ने निर्णय गर्नुको अलावा अभियान सफल पार्न बैठकले पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरु र आम समुदायलाई हार्दिक अपिल गरेको छ । बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली, भीम रावल, अमृत बोहरा, ईश्वर पोखरेललगायतकानेताको सहभागिता रहेको थियो ।