शुक्रबार, बैशाख ७, २०८१

आयोगद्दारा स्थानीय तहको निर्वाचन कार्यतालिका सहित १९ बुँदे निर्देशन जारी

काठमाडौ फागुन ११,  निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका एवम् निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याउन सरकारलाई १९ बुँदे निर्देशन आज सार्वजनिक गरेको छ ।

PressRelese11112073-1 PressRelese11112073-2सार्वजनिक कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने बैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता र सोसह दिन मनोनयन दर्ता सूची सावजनिक गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै बैशाख १७ गते उम्मेदवारको विरुद्ध उजुरी दर्ता र सोहि दिन मनोनयन जाँच को कार्यक्रम तय गरिएको  छ । त्यस्तै १८ गते मनोनयन दर्ता विवरण सार्वजनिक र उम्मेदवारको नाम फिर्ता १८ गते अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रानको कार्यतालिका सार्वजनिक गरिएको छ ।

त्यस्तै गरि आयोगद्दारा आजै जारी १९ बुँदे निर्देशन अन्र्तगत निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिइ तत्काल सम्पन्न गर्ने, आचारसंहिताको पूर्णरूपमा पालना गर्न/गराउन मातहतका सबै निकायलाई निर्देशनका साथै सोको कार्यान्वयनमा आवश्यक सहयोग पुर्‍याउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।  सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सन्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका कर्मचारी र शिक्षकको अद्यावधिक विवरण निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा जिल्ला निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

त्यसैगरी, निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाइ पठाउने व्यवस्थागर्न, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजनालगायत सरकारी निकाय, टेलिफोन, फ्याक्स तथाअन्य सन्चार साधनहरू मर्मत र सेवा विस्तार गर्नुपर्ने भए तत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिइ उपलब्ध गराउन निर्देशन पनि दिएको छ ।

आयोगकाअनुसार यही फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएको नेपाली नागरिकले मतदान गर्न पाउने जनाउँदै स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको दिन फागुन ९ गतेलाई मतदाता नामावली ऐन २०७३ को दफा ६ (ख) बमोजिम मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति मानी मतदाता नामावली तयार गर्नेसमेत आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031