बुधबार, बैशाख ५, २०८१

आज भ्यालेन्टाइन डे (प्रेम दिवस) मनाईदै

काठमाडौं फागुन ३,  आज प्रणय दिवश विश्वभर विभिन्न तरिकाले मनाइँदैछ । आफूलाई माया गर्ने प्रेमी वा प्रेमीकालाई रातो गुलाबको फूल 999381_142070812668313_718970846_n1तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । रोम क्याथोलिक सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष मनाइने भ्यालेन्टाइन उनकै नामबाट प्रचलनमा आएको हो । इशापूर्व २७० मा रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । त्यसपछि उनको आदेशको अवज्ञा गर्दै भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।
आजका दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । पश्चिमा संस्कृति भएपनि यस दिवशले नेपालमा हिजोआज निकै स्थान पाइरहेको छ । आजको दिनमा विशेषगरी विभिन्न पार्क, सिनेमा हल, रेष्टुराँ तथा मन्दिरहरुमा युवा युवतीहरुको भीड लाग्ने गर्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031