बिहिबार, बैशाख १३, २०८१

आगामी ज्येष्ठ महिना भित्रमा चुनाव गराउने प्रमुख निर्वाचन आयुक्त यादवको प्रतिबद्धता

काठमाडौ माघ २० ,  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले बिहीबार गरेको निर्णयले अब निर्वाचनको तयारी गर्ने वातावरण बनेको जनाउ दिदै आगामी ज्येष्ठ महिना भित्रमा चुनाव गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । रिपोर्टर्स क्लबद्दारा आज राजधानीमा आयोजित Captureसाक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि तयारी गर्न बाटो खुलेको र आयोग चुनावको तयारीमा जुटिसकेका बताउँनु भएको हो ।

त्यस्तै उहाँले स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउनका लागि सरकारले पठाउने पत्र हेरेपछि मात्रै आयोगले थप कुरामा निर्णय लिने भन्दै चुनावको मिति तोकि दिएको भए अझ स्थिती सहज हुने आशय व्यक्त गर्नु भएको छ ।

त्यस्तै डा यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन समयमै पाए मतदानस्थल कहाँ राख्नेलगायत प्राविधिक विषयमा निर्णय लिन सजिलो हुने अभिव्यक्ति दिदै निर्वाचनका लागि करिब चार महिनाको समयावधि आवश्यक चाहिन्छ र एकै दिनमा सम्भव नभएकाले दुई वा तीन चरणमा प्रत्यक्ष चुनाव सम्पन्न गराइने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031