मङ्लबार, बैशाख ११, २०८१

८ मेगावाटको नौगड गाढ साना जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

काठमाडौं माघ १२ , जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्य लिएर स्थापित अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोश्रो   रुपमा IMG_3028दार्चुलास्थित नौगड गाढ नदीमा रु.१ सय४४ करोड को लागतमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण थालेका छन । कम्पनी द्दारा आज जारी विज्ञप्तिमा प्रस्तुत योजनाको लागत खर्चको ७० प्रतिशत अर्थात रु.१०० करोड ४४ करोड बैंक ऋण र ३० प्रतिशत अर्थात शेयरधनीको लगानीको अलावा नेपाल एस.बि.आई. बैंकको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्झौता भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आज भएको सम्झौता अनुरुप नेपाल एस.बि.आई. बैंक लिमिटेडले रु. ५५ करोड र प्रभु बैंकले रु.४५ करोड गरि जम्मा रु.१०० करोड ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर गरिएको बताइएको छ । आगामी २०७४ साल चैत मसान्तभित्र निमार्ण योजन पूरा गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने कम्पनीको तयारी रहेको जानकारी कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले जानकारी दिनु भएको छ ।

स्मरण रहोस आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ कि.मि. लामो ३३  kV ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२  kV ट्रान्समिशन लाईन मार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ कम्पनीले यस अघि पनि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ के.भि ट्रान्समिशन लाइनको निर्माण पुरा भएतापनि लाइन चार्ज हुन सकेको छैन । डबल सर्किट भएको टावरमा दोश्रो सर्किटमा तार ओछ्याउने काम हुन नसकेको उल्लेख गरिएको छ ।