शनिबार, बैशाख ८, २०८१

३ दर्जन भन्दा बढि एसएसपीको सरुवा, को काहाँ ?

काठमाडौं माघ १३, प्रहरी प्रधान कार्यालयले ३ दर्जन भन्दा बढि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरको निर्णयले बुधबार कै मितिबाट लागू हुने गरी एसएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।   एसएसपीको सरुवासँगै महानगरीय अपराध महाशाखामा पनि नेतृत्व Nepal-police-e1462325536967परिवर्तन भएको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने महाशाखाको जिम्मेवारी दिनेश अमात्यलाई दिइएको छ । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा छविलाल जोशीलाई सरुवा गरिएको छ  भने   महानगरीय प्रहरी परिसर ललितपुरबाट पिताम्बर अधिकारीलाई अञ्चल प्रहरी कार्यालय मेचीमा र   ललितपुर परिसरमा ठूले राईलाई सरुवा गरिएको छ ।

सरुवाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोस्