बिहिबार, चैत्र १५, २०८०

३३ किलो सुनका मालिकको व्यापक खोजी ,विभागद्दारा पनि छानबिन समिति गठन

काठमाडौं पौष २२,   त्रिभुवन विमानस्थलबाट बरामद गरिएको ३३ किलो अवैध सुन बरामदी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुन captureमालिकको खोजी शुरु गरेको छ। सिआइबीले ‘सुन कसको हो भनेर पत्ता लगाउन अनुसन्धान थालेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले विहिवार साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो।

समाचार स्रोतका अनुसार प्रस्तुत प्रकरणमा पक्राउ परेका तीन जना व्यक्ति भरियाका रुपमा मात्र प्रयोग भएको र सुनका बास्तविक मालिक अर्के भएको निष्कर्षमा प्रहरी पुगेको छ प्रहरीले बिहीबार ३३ किलो सुनसहित पिङ्गलास्थानबाट  शाही  सहित तीन जनालाई ब्युरोले पक्राउ गरेको हो

यसैवीच प्रस्तुत प्रकरणमा भन्सार विभागले पनि भन्सार छलेर वाहिरिएको र त्यसपछि अलपत्ररुपमा प्रहरीले पक्राउ गरेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । यसरी गठन गरिएको समितिको संयोजकमा विभागका उपमहानिर्देशक सुमन दाहाल सहित कुलराज ज्ञवाली, टङ्क पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेललाइ सदस्य तोकिएको छ ।  त्यस्तै समितिलाइ सुन प्रकरणमा १० दिनमा प्रतिवेदन बुझाउन कार्यादेश दिईएको छ  ।