शनिबार, बैशाख ८, २०८१

हिमालय शारीरिक सुगठन चैत्रमा

(सङघ अध्यक्ष राजेशवावु श्रेष्ठसङग मिस्टर हिमालय पाँचौंँ संस्करणका विजेता खनाल)

काठमाडौं माघ १ , नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा छैटौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत्र २५ र २६ गते काठमाडौँमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी छ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ ।

प्रस्तुत प्रतियोगिताको शिर्ष पुरस्कार अर्थात मिस्टर हिमालय उपाधि विजेताले रु २ लाख ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत तौल समूहमा पहिलो हुनेले रु २५ हजार, दोस्राले १५ हजार र तेस्राले रु १० हजार पुरस्कार जित्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसअघि पाँचौंँ संस्करण अन्र्तगत नेपाल व्यायाम मन्दिरका रामहरि खनालले रु २ लाख २५ हजार पुरस्कार जितेका थिए ।