शुक्रबार, बैशाख ७, २०८१

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

काठमाडौं पौष २६ ,  पर्यटकीय सम्भावना बोकेको जिल्ला सिन्धुलीमा पहिलो होम स्टे संचालनमा आउने भएको छ । होमस्टेको पूर्वाधार तयार गर्न समृद्ध सिन्धुली अभियानले सिन्धुली उद्योग बाणिज्य संघ र पर्यटन बोर्डसँग मिलेर स्थानीय बासिन्दालाई तालिम दिएको छ । नेपाल पर्यटन बोडसँगको सहकार्यमा अभियानले sindhuli_homestay1 sindhuli_homestay_11स्थानीय बासिन्दालाई दिएको ३ दिने घरबास अभिमुखीकरण तथा अतिथ्यता तालिम सोमबार सम्पन्न गरेको हो   ।  तालिममा होमस्टे एसोसिएसनका उपाध्यक्ष केशव बराल र कोषाध्यक्ष सुरज बस्कोटाले होमस्टे संचालन कार्यबिधि तथा ब्यबस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए ।

त्यस्तै ऐतिहासिक सिन्धुलीगढी घुम्न जाने पर्यटक लक्षित गरेर त्यसवरपरका क्षेत्रमा सामुदायिक होमस्टे संचालन गर्न लागिएको हो । संमृद्ध सिन्धुली अभियान र सिन्धुली उद्योग बाणिज्य संघको सहकार्यमा सिन्धुलीगढीवरपरका गाउँमा पहिलो चरणमा ३० घरधुरीमा होमस्टे संचालनका लागि होमस्टे संचालन पूर्वाधार स्थापना लगायतका काम गर्न सिन्धुलीगढी होमस्टे ब्यबस्थापन समिती समेत गठन गरिएको छ ।

गोविन्द लुंगेलीको अध्यक्षतामा गठित ब्यवस्थापन समितिले पूर्वाधार तयार गर्न सदस्यहरुलाई सहयोग गर्ने छ । सिन्धुलीगढीवरिपरिका चिसापानी, रतनचुरा, कालिका, भद्रकाली र तिनकन्या क्लस्टर बनाएर पूर्वाधार तयार गर्न लागिएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले बताए । होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने सिन्धुली उद्योग बाणिज्य संघका उपाध्यक्ष अमरेशचन्द्र बैदार लाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  नेपाल पर्यटन बोडसँगको सहकार्यमा अभियानले स्थानीय बासिन्दालाई दिएको ३ दिने घरबास अभिमुखीकरण तथा अतिथ्यता तालिम सोमबार सम्पन्न गरेको हो तालिममा होमस्टे एसोसिएसनका उपाध्यक्ष केशव बराल र कोषाध्यक्ष सुरज बस्कोटाले होमस्टे संचालन कार्यबिधि तथा ब्यबस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031