बिहिबार, चैत्र १५, २०८०

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य रुपमा मनाइने

सिन्धुली माघ १६ ,  सिन्धुलीमा शनिबार भएको विभिन्न एक भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल समारोह आयोजक समिति गठन गर्ने निर्णय गरेको हो । ।

सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको आगामी बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गरेर Captureहर्षोल्लासपूर्वक मनाउने तयारी स्वरुप सिन्धुलीमाढीमा भेला गरेको हो । सिन्धुलीमाढीको भ्याली भ्यु होटलमा भएको भेलाले बिजय हासिल गरेको यथार्थ मिति पत्ता लगाउन पहल गर्ने निर्णय समेत गरेको छ । त्यतिञ्जेलसम्म हरेक कात्तिक २४ गते नै विजयोत्सव मनाइने भएको छ ।  अभियानले sindhuligadhi.com लाई आधिकारिक बेवसाइटका रुपमा घोषणा गरेको छ । उक्त वेवसाइटमा सिन्धुलीगढी सम्बन्धी सबै प्रकारका सामग्री अपलोड गरिने छ ।    अभियानले आगामी बर्ष २ सय २० जना ब्यवसायिक यात्रीसहितको तीन दिने साइकल यात्रा गर्ने भएको छ ।राइड टु सिन्धुली नाम दिइएको उक्त साइकल यात्राको औपचारिक घोषणा आगामी माघ २८ गते काठमाडौमा गरिने भएको छ ।

भेलामा साइकल यात्रा २०१६ बारे बनेको बृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस अबसरमा साइकल यात्रामा भएको आम्दानी र खर्चको विवरण राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले भेलामा प्रस्तुत गरेका थिए ।  भेलालेंं बिजयोत्सवका अबसरमा बर्षैभरि विभिन्न कार्यक्रम गर्ने छ । त्यसमा कलाकारिता, रंंगकर्म, चलचित्र निर्माण, निर्देशन, चित्रकारिता, फोटो पत्रकारिता, बृत्तचित्र निर्माण, गायन, सङ्गीत सिर्जना, साहित्य लेखनलगायत सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टा तथा सर्जकहरूसँग अन्तरक्रियासमेत गरिने अभियानका संयोजक लीलानाथ घिमिरलाइ उदृत गर्दै जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।