बिहिबार, बैशाख १३, २०८१

सहिद दिवसबाट राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्राप्त ः राष्ट्रपति भण्डारी

सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी:प्रम प्रचण्ड

काठमाडौ माघ १६, सहिद दिवसका अवसर पारेर आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नु भएको शुभकामना सन्देसमा मुलुकमा लोकतन्त्र स्थापनार्थको लागि महान् सहिदहरुले पुर्याएको योगदान, त्याग तथा बलिदानले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ ।

0160627_15-1त्यस्तै सन्देशमा उहाँले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको जिकिर गर्नु भएको छ ।

यसैवीच प्रधानमन्त्री प्रचण्डले पनि सहिद दिवसका अवसरमा जारी गर्नु भएको शुभकामना सन्देसमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदको योगदान सधंँै स्मरणीय रहने उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।