शनिबार, बैशाख ८, २०८१

सम्पादक रिजाललाई ज्यान मार्ने धम्की, युनियनद्दारा दोषी रावलमाथि कारबाहीको माग

काठमाडौं माघ २,  आर्थिक दैनिकमा प्रकाशित समाचारको विषयमा असन्तुष्टि जनाउँदै आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रल्हाद रिजाललाई पूर्व गभर्नर तिलक रावलका छोरा विनय रावलले ज्यान मार्ने धम्की दिएकोमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  रावलले गत शुक्रबार टेलिफोन गरी prahlad-rijal-dhamki-2073-10-2आफूलाई ज्यान मार्ने धम्की दिएको सम्पादक रिजालले युनियनलाई लिखित रुपमा जानकारी गराएको युनियनका का महासचिव अजयबाबु शिवाकोटीद्दारा द्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सप्रमाण प्रकाशित समाचारले आफ्नो व्यवसायमा प्रभाव परेपछि आत्तिएका रावलले डरको मनोविज्ञान खडा गरि समाचार संस्था तथा त्यसका सम्पादकलाई धम्क्याउने कार्यको युनियन कडा शब्दमा निन्दा गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्ने धम्की दिईनु स्वतन्त्र पत्रकारितामाथिको चरम हस्तक्षेप भएको ठहर गर्दै युनियनले दोषी रावलमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । । साथै भयरहित वातावरणमा आर्थिक दैनिकका गतिविधी निर्वाध सञ्चालन हुने र त्यस दैनिकसँग आवद्ध पत्रकारहरुलाई पत्रकारीता गर्ने वातावरण बनाउन युनियन सरकारसँग जोडदार माग गरेको छ ।

सम्पादक रिजालले आईतबार विज्ञप्ति जारी गर्दै आफ्नो जीवन रक्षाको लागि पहल गरिदिन युनियन लगायतका पत्रकारसँग आवद्ध संस्थाहरुसँग आग्रह गर्नु भएको छ ।