बिहिबार, बैशाख १३, २०८१

सत्तारुढ दल एवम् मधेशी मोर्चावीच संशोधन विद्येयक पारित गर्ने सहमति

काठमाडौ पौष २९ , सत्तारुढ दल एवम् मधेशी मोर्चावीच प्रम निवास वालुवाटारमा भएको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भुमिका खेल्ने सहमति भएको छ।  बैठकमा प्रधानमन्त्रीले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचन sambidhanसम्वन्धी बिधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन गराउँने सरकारको तयारी रहेको जनाउ दिदै यसको लागि संशोधन प्रस्तावलाई पारित  हुनु पर्ने बताउँनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उप प्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा वादल, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, ह्दयेश त्रिपाठी, अशोक राईलगायत नेताहरुको सहभागीता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।