बिहिबार, बैशाख १३, २०८१

संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै प्रकाशित

काठमाडौ पौष २६,  सरकारले संसदमा पेश गरेको संविधान संसोधन बिधेयक जनताको जानकारीको लागि आज सार्वजनिक गरिएको छ । प्रमुख प्रतिपक्ष दल nepal_consitisuion_476584254एमालेलगायतका दलको विरोधका वावजुद पनि संसदमा पेश भएको संसोधन बिधेयक जनताको जानकारीको लागि जस्ताको त्यस्तै आजको गोरखापत्रमा प्रकाशित गरिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार संविधानको धारा २७४ को उपधारा ३ मा संंशोधन सदनमा पेश भएको ३० दिनभित्र जनताको जानकारीका लागि सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुरुप उक्त संसोधन बिधेयक प्रकाशित गरिएको जनाएको छ ।  त्यस्तै ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आज बस्ने संसद बैठकमा निर्वाचन विधेयकका विषयमा सांसदहरुले भनाई राख्नेछन् ।   हिजोको सांसदहरुले स्थानीय तह निर्वाचन विधेयकमै निर्वाचनको मिति तोकेर जानुपर्ने प्रस्ताव गरेका छन् ।