बिहिबार, बैशाख १३, २०८१

संशोधन विद्येयक पारितका लागि प्रम प्रचण्ड सरकार विस्तारको योजनामा

 थापा गच्छदारलाइ उपप्रमसहित विभागीय मन्त्रालयको जिम्मेवारी दिने तयारी

काठमाडौ पौष २७, प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा टेवल गरिएको संविधान संशोधन विद्येयक पारितका लागि आवश्यक बहुमत जुटाउँन तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्ने तयारी थालेको समाचार स्रोतले जनाएको छ । प्रतिपक्षीदल नेकपा एमाले सहितका दलले प्रस्तुत प्रस्ताव पारित हुन नदिने बताईरहेको pmअवस्थामा प्रम प्रचण्डले भने प्रस्तुत विद्येयक जसरीपनि पारित गर्ने रणनीतिमा अनुरुप आफु नेतृत्वको सरकार विस्तार गरेर भएपनि प्रस्ताव पारित गराउँने मनस्थिती बनाउँनु भएको स्रोतको दावी रहेको छ ।

यसका लागि प्रम प्रचण्डले कमल थापा नेतृत्वको राप्रपा र विजयकुमार गच्छदार नेतृत्वको मजफो लोकतान्त्रिकलाई सरकारमा ल्याउने तयारी गरेको थाहा भएको छ ।  समाचार स्रोतका अनुसार कमल थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी त्यस्तै गच्छदारलाइ उपप्रधानसहित सञ्चामन्त्रीको जिम्मेवारी दिने योजना बनाएको बुझिएको छ ।