शनिबार, बैशाख ८, २०८१

वैदेशिक रोजगारीमा मृत्युु भएमा परिवारले रु २७ लाखसम्म पाउने

भारतमा गएर काम गर्ने नागरिकलाइ पनि वैदेशिक रोजगारीको मान्यता

काठमाडौ माघ ११, वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा रु २७ लाखसम्म पाउने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्डले आज आयोजित पत्रकारसम्मेलनमार्फत वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रिया photo-1गइसकेको जनाउ दिदै वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा उनीहरुको परिवारले रु १८ लाखसम्म मात्रै पाउँदै आएकामा सो रकममा  बृद्धि गरिएको   जनाउ दिनु भएको हो ।

त्यस्तै पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै प्रम प्रचण्डले वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोगबापत थप रु पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ । जसअनुसार अव उपरान्त बीमाबापत रु २० लाख र कल्याणकारी कोषबाट रु सात लाख गरी मृतक कामदारका परिवारले रु २७ लाखसम्म रकम पाउने भएको छन् ।  त्यस्तैगरि रोजगारीका क्रममा कामदारलाई घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा बीमाबाट रु १३ लाखसम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट रु तीन लाख र घातक रोगबापत रु पाँच लाख गरी कुल रु १८ लाखसम्म प्राप्त गर्ने प्रम प्रचण्डले जानकारी दिनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुुल्क बुुझाएर लिन सकिने व्यवस्था गर्नुको अलावा माघ १५ गतेदेखि लागू हुनेगरी कामदारलाई प्रदान गरिने बीमा र बोर्डको रकम दिने करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ व्यवस्था मिलाइएको छ भने विदेशबाट स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर फर्किएका नागरिकलाई दाबी गर्ने हद म्याद नराखी पीडितलाई सहजै क्षतिपूर्ति दिलाउन कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिई सो रकमबाट ४५ दिनभित्र सरकारी निकायमार्फत नै क्षतिपूर्ति भुुक्तान गर्ने व्यवस्था मिलाउन र मलेसियासहित खाडी मुलुकमा नेपाली कामदार लाने विदेशी कम्पनी स्वयम्ले नै व्यहोर्ने गरी कम्तीमा रु २० लाख नेपाली रुपैयाँ बराबरको चौबिसै घन्टा बीमाको व्यवस्थाका लागि प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले नेपालका विदेशस्थित नियोगलाई निर्देशन दिइएको जानकारी दिइएको छ ।

त्यस्तै गरि प्रधानमन्त्रीले अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकलाई समेत वैदेशिक रोजगारीको मान्यता दिइने पत्रकारसम्मेलनमा जानकारी दिदै यसका लागि रोजगारीको लागि भारत जाने सबैले अनिवार्य बीमा हुुने नयाँ व्यवस्था गरिनुको अलावा नयाँ व्यवस्थाअन्तर्गत भारत जाने नागरिकलाई समेत वैदेशिक रोजगारका लागि अन्य देश जाने नागरिकसरह घातक रोगबापत रु पाँच लाख, जीवन बीमाबापत रु सात लाख ५० हजार र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट अधिकतम रु एक लाख ५० हजारसहित कुुल रु १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । साथै उहाँले अवको मन्त्रिपरिषद्को बैठकले राजदूत खाली रहेका मुलुकमा राजदूत नियुक्तिको निर्णय गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । पत्रकारसम्मेलनमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतको उपस्थिति रहेको थियो ।

 पत्रकार सम्मेलनमा प्रम प्रचण्डले  गर्नु भएको  सम्बोधनको पूर्ण पाठ