बिहिबार, बैशाख १३, २०८१

वैदेशिक रोजगारीको नाममा ठगी गर्दै आएका शाह पक्राउ

काठमाडौ माघ १८,  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको छ ।
Nepal-police-e1462325536967शाहले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडितसँग राहदानी लिई प्रतिव्यक्ति रु एक लाख १० हजारदेखि रु दुई लाख सम्मको रकम उठाई ठगी गर्दै आएको जनाउँदै प्रहरीले निजबाट ३ थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकको राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।