शुक्रबार, बैशाख ७, २०८१

वीरता जेसीजको पद हस्तान्तरण सम्पन्न

बिर्तामोड माघ १८, वीरता जेसीज बिर्तामोडको ३६औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा बर्ष सन् २०१७का अध्यक्ष भारतीले निर्वाचित तथा मनोनयन भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रममा विशिष्ठ अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमारखत्री, पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीज पूर्व अध्यक्षहरुका क्लब झापाका छविलाल खतिवडा, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष रजनी बजगाई, वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

यस अघि वीरता जेसीज सन् २०१६का अध्यक्ष सजेश शिवाकोटीको गलामा रहेको जेसीज अध्यक्ष चेन सन् २०१७का अध्यक्ष सञ्जु भारतीको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।  त्यस्तै अध्यक्ष भारतीको नेतृत्वको वीरता जेसीज सन् २०१७ को बोर्डमा कार्यकारी उपाध्यक्षमा प्रकाश सुवेदी र दिवाकर प्रसाई, संयुक्त 16388093_876444402497861_308173117291001615_n 16427262_876444282497873_4887470544437099671_n16387976_876444242497877_646655770567265764_nसचिवमा घनश्याम चौधरी,तालिम संयोजकमा एकराज गिरी, उपाध्यक्षमा रमेश चौधरी,कुशल खतिवडा,विकास बस्नेत र सुनील थापा जनसम्पर्क अधिकारीमा बिनोद पाण्डे कमल र प्रकरण निर्देशकमा यम विमली रहेका छन् । त्यस्तै महासचिवमा जीवन खड्का, कानूनी सल्लाहकारमा मिजास पोखरेल, कोषाध्यक्षमा मिकि कार्कीलाई मनोनित गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार याम कार्कीलाई नगद ५ हजार एक सयसहित पुरस्कारका संस्थापक बसन्त रिमालले प्रदान गर्नुभएको उक्त समाहरोमा  अध्यक्ष भारतीले सम्बन्ध विकास संयोजक दीपक साफी, अन्तरशाखा संयोजक राजु भारती, स्वागत संयोजक, ओमप्रकाश लुइँटेल, जनचेतना संयोजक योगेश गिरी, कार्यक्रम व्यवस्थापन संयोजक रोनित राजवंशी, स्वयम्सेवक संयोजक शत्रुधन गुप्ता, मातृ शाखा संयोजक सुमन ढकाल, अवार्ड संयोजक सञ्जय राजवंशी, अतिरिक्त क्रियाकलाप संयोजक धनलाल राजवंशी, शिक्षा संयोजक सन्देश मल्ल, विपद् जनचेतना संयोजक सुरेन्द्र धिमाल, अर्थ संयोजक नवराज भारती, दुर्घटना न्यूनीकरण संयोजक पवन न्यौपाने, दीर्घकालीन योजना संयोजक युवराज कुँवर, नेपाल जेसीज संयोजक अशोक गिरी, सांस्कृतिक कार्यक्रम संयोजक एलसी श्रेष्ठ, सञ्चार संयोजक राजु सापकोटा, संघ–संस्था संयोजक समन्वयन संयोजक दीपेन चौधरी, बृद्धि सभापति राकेश साह, अन्तर्राष्ट्रिय संयोजक रमेश कार्की, खेलकुद संयोजक विशाल थापा, कोषबृद्धि संयोजक मनोज साह, स्वास्थ्य संयोजक उपेन्द्र प्रधान, रक्तदान संयोजक वीरबहादुर दर्नाल, युवा संयोजक राजीव धिमाल, शाखा सम्पादक प्रवीण खड्का, सहकोषाध्यक्ष केशव श्रेष्ठ र वातावरण संयोजक तुलसीप्रसाद निरौलालाइ मनोनयन गरिएको जानकारी दिनु भएको समाचार उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031