बिहिबार, बैशाख १३, २०८१

वरिष्ठ गीतकार खरेललाइ राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कारद्वारा सम्मानीत गरिने

Captureकाठमाडौं माघ १६, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्दारा वरिष्ठ गीतकार किरण खरेललाइ राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कारद्वारा सम्मानीत गरिने भएको छ । नेपाली साङगेतिक क्षेत्रलाइ कर्णप्रिय र कालजयी गीत सर्मपण गर्दै सङ्गीत जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गर्नु भएकोले राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत’ पुरस्कारद्वारा पुरस्कृत गरिन लागेको हो ।

राष्ट्रकवि  घिमिरेको प्रमुख आतिथ्यमा सोमवार अपरान्ह एक विशेष कार्यक्रमकावीच राजधानीमा हस्तान्तरण गरिने सो पुरस्कार प्राज्ञ र वरिष्ठ गीतकार उन्नती बोहरा शीलाले स्थापना गर्नु भएको वरिष्ठ सञ्चारकर्मी अस्मिता भण्डारीले जानकारी दिनु भएको छ ।

यसैवीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको तर्फबाट विश्व हिन्दूमहासंघका महासचिव समेत रहनु भएकी वरिष्ठ सञ्चारकर्मी भण्डारीले पुरस्कार समर्पण समारोहमा सम्पूर्ण गीतकार , लेखक, कवि तथा साहित्य प्रेमी तथा सञ्चारकर्मी मित्रहरुको गरिमामय उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ ।