शनिबार, बैशाख ८, २०८१

लेखा समितिको सभापतिमा उपाध्याय विजयी

काठमाडौ माघ १७, व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिको लागि  आज भएको निर्वाचनबाट सत्तारुढ दल काँग्रेस, माओवादी केन्द्रका sambidhan-sabha-bhawan1111साझा उम्मेदवार माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । निर्वाचनमा सासंद उपाध्यायले २३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी एमालेका सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि समितिका सभापति रहनु भएका जनार्दन शर्मा ऊर्जा मन्त्रीमा नियुक्त हुनुभएपछि सभापति पद खाली रहेको थियो ।