बिहिबार, बैशाख ६, २०८१

रोड टु मोडल हुने

काठमाडौं माघ २, सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतिको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्था दावि छ ।

Road_2_Model[1]सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगीताका विजेताले नेपलाको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने पाउने छन् । प्रतियोगीताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । यस प्रतियोगीताको अडिसन उपत्यका बाहिरका शहरहरु चितवन, हेटौडा, पोखरा र विराटनगर लगायतको ठाउँमा हुने छ । यसबाट उपत्यका बाहिरका प्रतिभाहरुले यस प्रतियोगीतामा सहज रुपमा भाग लिन पाउने छन् ।

यो नेपालकै पहिलो एडभेन्चरस सौन्दर्य प्रतियोगिता हो । रोड टु मोडलका प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । यस प्रतियोगितामा भाग लिनका लागि आयोजक संस्था सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको कार्यालय तिनकुने ०१–६९२४१२३ नम्बरमा सम्पर्क राख्न सकिने छ भने रोड टु मोडलको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सकिने छ ।