शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति र उपराष्ट्रपतिको एकै धारणा नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहको योगदान सम्झनु उपयुक्त

उपप्रधानमंत्री निधि द्वारा पृथ्वीनारायण शाहको सम्मान गर्ने घोषणा

काठमाडौ पौष २५,  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताउनुभएको छ । ‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पौष २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको पार्टीका प्रमुख सचेतक दीलनाथ biगिरी नेतृत्वको प्रतिनिधिमण्डलसँग उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

यसअघि अर्थात आइतवार राष्ट्रपतिलाई निमन्त्रणा दिने क्रममा राष्ट्रपति भण्डारीले पनि पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन खाँचो रहेको विचार व्यक्त गर्नुभएको थियो ।

यसैवीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकामा काँग्रेसको तर्फबाट उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउँनु भएको विमलेन्द्र निधिले पत्रकार विजय कुमार पाण्डेको युट्युब च्यानलसंग कुरा गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस यो वर्षबाट सरकारीस्तरमा नै मनाइने तयारी रहेको बताउँनु भएको छ ।

मन्त्री निधिसंगको कराकानीलाइ पत्रकार विजयकुमारले आफ्नो प्रस्तुतिमा ब्रेकिंग न्यूज भन्दै प्रशारित उक्त अन्र्तवातामा पौष २७ को ऐतिहासिक तिथि र नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहमा मात्रै केन्द्रित मन्त्री निधिको उक्त अन्तर्वार्ताको सुुरुमा नै मन्त्री निधिले आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाहलाई विवादको विषय बनाउन नहुने धारणा राखेका छन् । यस्तै आजको नेपाल र राजा पृथ्वीनारायण शाह एक अर्काका पर्याय भएको टिप्पणी पनि मन्त्री निधिले गरेका छन् ।

captureविस्तृत अन्र्तवार्ता