शनिबार, बैशाख ८, २०८१

राजधानीमा भीषण आगलागी,करौडौंको क्षति

anup_20161227_7 काठमाडौ माघ १७ ,  कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ ।मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा आगो सल्केपछि भीषण रुप लिएको खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ । त्यस्तै खवरमा घना बस्तीको बाीचमा रहेको उक्त मार्केटमा आगलागी सुरु भएपछि सो क्षेत्रमा कोलाहल मच्चिएको थियो ।आगलागीसँगै चारवटा सिलिन्डर एकसाथ विस्फोटन हुदा सो क्षेत्रमा रहेका विभिन्न किसिमका १० वटा पसलमा एकसाथ आगालागी भएको थियो ।

आगलागी भएको क्षेत्रमा सवारी साधनमा प्रयोग हुने टायरहरु घरमा प्रयोग हुने कपडाहरु, सवारी साधनका पाटपुर्जाहरु तथा तीन वटा होटल अनि रेस्टुरेन्टहरु जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १० वटा दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न झन्डै दुई घण्टा लागेको थियो । आगालागीबाट मानवीय क्षति भने भएको छैन । करौडौंको भौतिक क्षति भएको र क्षतिको विवरण यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।