शनिबार, बैशाख ८, २०८१

रमपम गोल्ड कपको सम्पूर्ण तयारी पूरा, विजेताले सात लाख पाउने

झापा माघ १३,  माघ १५ बाट झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकप प्रतियोगिको _MG_0086_copy[1] _MG_0093_copy[1]सम्पूर्ण तयारी सकिएको मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जनाएको हो ।

नेपालका ए डिभिजन आठ वटा क्लवसहित १० वटा टीमवीच विर्तामोडको डोमालाल रंगशालामा हुने प्रस्तुत प्रतियोगिताका  बिजेता टीमले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेता टीमले साढे तीन लाख रुपैयाँ पाउने छ । प्रतियोगिताको उद्घाटन खेल झापा ११ र भारतको सेर ए फुटबल क्लवबीच हुने र माघ २४ गतेसम्म हुने खेलको लागत ७५ लाख रुपैयाँ अनुमान रहेको पत्रकार सम्मेलनमा दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।