बिहिबार, चैत्र १५, २०८०

माघी पर्वको शुभकामना : नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्: राष्ट्रपति भण्डारी

Capture

काठमाडौ माघ १,  माघे संक्रान्ति पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक शुभकामना सन्देस जारी गर्दै मकर संक्रान्ति तथा माघी पर्व, २०७३” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक 0160627_15-1शुभकामना व्यक्त गर्दछु ।, प्रधानमन्त्रीदेखि दलका नेताहरुले शुभकामना व्यक्त गर्नु भएको छ ।  राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देसमा विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गरेकी छिन् ।

त्यस्तै तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडीलगायत परिकार खाई मनाइने यस पर्वले नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याउने उनले उल्लेख गरेकी छिन् । त्यस्तै गरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे संक्रान्तिका/माघी पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहालले थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रस्तुत पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।  साथै उहाँले आफ्नो सन्देशमा जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरिएको जनाउँदै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।    यस अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत नेताले पनि शुभकामना अभिव्यक्त गर्नु भएको छ