शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक: रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा पुन कार्की

विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार
राष्ट्रिय किसान आयोग गठन 

काठमाडौ माघ ६. आज बसेको मन्त्री परिषदको बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय सहित सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी pm-office-11012017102857-600x0आवास पुनःनिर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ ।

त्यस्तै आजको बैठकले प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गर्नुका साथै सचिवमा पदोन्नति हुनुभएका सहन्यायाधिवक्ता किरण पौडेललाई नायब महान्यायाधिवक्तामा र सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्ने निर्णय गरिएको छ । त्यस्तै सहरजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको सरकारका प्रवक्ता एवमे सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।

त्यस्तै गरि सरकारले काभ्रेपलाञ्चोकमा केही दिनअघि वीभत्स हत्या गरिएका अजित मिजार र लक्ष्मी परियारको शव सद्गत गर्न, उहाँहरूका परिवारलाई सहयोग गर्न र ती मुद्दालाई अदालतमा लैजान युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा समिति गठन गरेको छ । भने दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सञ्चार सचिवको संयोजकत्वमा  समिति पनि गठन गरेको छ ।