शनिबार, बैशाख ८, २०८१

मण्डको ९औ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन शाही

काठमाडौं पौष २३ , कामपा वडा १९ ढोकाटोलस्थि मण्ड बचत तथा ऋण सहकारी संस्थाले एक विशेष कार्यक्रमकावीच ९औ  वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रवीन महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७२/ ०७३ मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै संस्थाका उपाध्यक्ष दिनेश ताम्राकारको स्वागत अभिव्यक्तिबाट सुरुभएको प्रस्तुत कार्यक्रममा संस्थाका अध्यक्ष जगदिश्वर शाही पत्रकार महासंघ काठमाडौंका उपाध्यक्ष श्रीजन झा ओपन हाउस वोडिङ स्कूलका प्रअ बुद्धरत्न खड्गी संस्थाका आर्थिक सल्लाहकार वालमुकुन्द मुल्मी, कानुनी सल्लाहकार वावुराम भटटराइलगायतका वक्ताले सहकारीको सफलताको कामना सहित शुभकामना मनतव्य दिनु भएको थियो । त्यस्तैगरि सस्थाका सचिव रोशन महर्जनले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको जनाउ दिनु भएको उक्त कार्यक्रममा यसवर्ष बचतकर्ताहरुमध्येबाट असल बचतकर्ता प्रेमलाल श्रेष्ठ र त्यस्तैगरि असल ऋणीहरु मध्येबाट देविना ताम्राकारलाइ विशेष सम्मान गरिएको थियो ।

यसैवीच सहकारीको ९औ साधारणबाट आगामी ३ वर्षका लागि पुन जगदिश्वर शाहीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरिएको छ । नवनिर्वाचित  कार्य समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस दिनेश ताम्राकार ,रोशन महर्जन र प्रवीन महर्जन रहेका छन । त्यस्तै गरि कार्यसमिति सदस्यहरुमा दिपक श्रेष्ठ, राजेश जोशी र महेश नेवा रहेका छन भने लेखा संयोजनकमा गोपाल मानन्धर, ऋण संयोजनकमा मनोज श्रेष्ठलाइ निर्वार्चित गरिएको छ । नवनिर्वाचित पदाधिकारीलाइ महासंघका उपाध्यक्ष र डिभिजन सहकारीका प्रतिनिधीले सयुक्त रुपमा बधाइसहित सफल कार्यकालको लागि शुभकामना दिनु भएको थियो ।