शुक्रबार, बैशाख १४, २०८१

भागबण्डाको आधारमा गैर पत्रकारलाई महासङ्घको सदस्यता दिन बन्द गर : क्रान्तिकारी

काठमाडौ माघ १,  क्रान्तिकारी पत्रकार महासङ्घले नेपाल पत्रकार महासङ्घमा विधानत व्यवस्था विपरित योग्य हँुदाहुँदै पनि आस्थाका आधारमा सदस्यता लिनबाट नियोजितरुपमा बञ्चित गरिएको आरोप लगाएको छ ।  महासङ्घका अध्यक्ष इन्द्र राउतद्दारा शुक्रवार जारी विज्ञप्तिमा भागबण्डाको आधारमा गरेर गैर journlaist-revulationपत्रकारलाई महासङ्घको विधानविपरीत सदस्यता दिइनुको अलावा आस्थाका आधारमा सदस्यता वितरण गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानबिन आयोग गठन गरी थपिएका नयाँ सदस्य र पुराना सदस्य, जो प्रत्यक्ष÷परोक्षरुपले पत्रकारिता पेसासँग नभएका व्यक्तिको सदस्य खारेज गर्न माग गर्दै यदि आफ्नो माग पूरा गर्ने तर्फ महासङ्घले सरोकार नदेखाए मा बाध्य भएर सङ्घर्षको घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।