बिहिबार, बैशाख ६, २०८१

पृथ्वी जयन्तीमा विदा माग गर्दै मंगलबार उपत्यका बन्द आव्हान

गणतन्त्रको नाममा ईतिहासलाई नामेट पार्नु हुन्न : महासचिव भण्डारी

काठमाडौ पौष २५,  विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले आफ्नो सामाजीक सञ्जाल मार्फत गणतन्त्रको नाममा ईतिहासलाई नामेट पार्न नहुनेमा जोड दिनु भएको छ ।  उहाँले आफ्नो अभिव्यक्तिअन्र्तगत आफ्ना पुर्वजहरुले गरेको योदानको सम्मान गर्न नमान्ने गणतन्त्रका हिमायती भनाउँदाहरुले तत्कालीन 15873122_1632849120350891_9093807349012125667_nबडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउदा राजावादी भईन्छ कि भन्ने संकृणता र अतिबादि सोचबाट माथि उठ्न नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । साथै उहाँले पौष २७ गते नेपाल देशका निर्माताको जन्म दिनमा एकदिन राष्ट्रिय बिदा घोषणा गर्न किन सक्तैनन् ?  के यो देशको निर्माण माओले गरेको हो ?  कि भ्याक्टिकनसिटिको पोपले गरेको ? होईन भने आफ्नो देशको निर्मातालाई बिर्सेर रातदिन माओ र लेलिनको नाम जप्ने हाम्रो देशका बामपंथी नेताले जर्मनीका निर्माता बिस्मार्कको योगदानलाई त्यो देशका नागरिकले गरेको सम्मानबाट किन पाठ सिक्न सक्दैनन् ? भनिन्छ बिस्मार्क नेपोलियन विश्वमानचित्रमाको पछिल्ले समयका सबैभन्दा निरंकुश शासक थिए तर पनि उनले आफ्नो देशको एकिकरणको निम्ति गरेको योगदानको कारण त्यो देशका जनताको विचमा एक आदरपात्रको रुपमा स्थापित छन् । तर, हाम्रो अदुरदर्शी र स्वार्थी नेताहरूले गणतन्त्रको नाममा ईतिहास नै नामेट पार्न लागे । भन्ने बेलामा पृथ्वीनारायण शाह राष्ट्रनायक हुन् भन्ने तर , उहाँको सम्मान गर्न नसक्ने विदेशीका कठपुतलीहरुलाई शरम लाग्दैन भन्नु भएको छ ।

यसैवीच आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सरकारले पूर्वाग्रही रुपमा विदा दिन आनाकानी गरेको भन्दै शाही युवा शक्ति नेपालले भोलि २६ गते उपत्यका बन्दको घोषणा गरेको छ। युवा शक्तिले माइतिघर मण्डलामा पटक–पटक धर्ना दिएर सरकारलाई पौष २७ गते सार्वजनिक विदा दिन आग्रह सहित सरकारसँग माग गर्दै गर्दा पनि सुनुवाई नगरेको जनाउँदै बाध्य भएर उपत्यका बन्दको घोषणा गर्नु परेको सम्वद्ध समुहले जनाएको छ ।
त्यस्तै मंगलवार आव्हान गरिएको बन्द कुनै राजनैतीक अभिष्ट पुरा गर्न नभइ राष्ट्र निर्माताको नाममा भएका कारण सबैलाई स्वतस्फूर्त रुपमा सहयोग गर्न आयोजकले आग्रह गरेको छ । साथै नम्र आग्रहको वर्खिलाप असहयोग भए यसवीचमा हुन सक्ने कुनै किसिमको घटना भए स्वयं जिम्मेवार हुने समेत शक्तिले चेतावनी दिएको छ ।