बिहिबार, बैशाख १३, २०८१

पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार उपाध्यायको निधनबाट महासंघ स्तब्ध

काठमाडौं पौष २८, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार मणिराज उपाध्यायको आज अन्त्येष्टि गरिएको छ । पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा बुधबार राति निधन भएकोमा आज पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । २००८ सालबाट पत्रकारिता सुरु गरेका पत्रकार
photo mani raj
shok release 28 pushउपाध्यायले प्रेस स्वतन्त्रताको पक्षमा सशक्त लेखन र आवाज उठाएवापत उनी पटक पटक जेल समेत परेका थिए ।

यसैवीच नेपाल पत्रकार महासंघले पूर्व अध्यक्ष उपाध्यायको निधनबाट स्तब्ध भएको जनाउँदै उहाँको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासंघले अभिभावक गुमाएको जनाएको छ । । स्वतन्त्र, निर्भीक र राष्ट्रवादी पत्रकारको छवि बनाउनुभएका स्वर्गीय उपाध्याय प्रेस स्वतन्त्रता सेनानी, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कारलगायत थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।  महासंघद्दारा आज जारी विज्ञप्तिमा महासंघको २०४३ देखि २०४६ सम्म सभापति रहनुभएहख स्वर्गीय उपाध्यायप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

अन्त्येष्टिअघि महासंघले आयोजना गरेको श्रद्धाञ्जलिसभामा महासंघका तर्फबाट अध्यक्ष डा। महेन्द्र विष्टले उहाँको पार्थीव शरीरमा महासंघको झण्डा ओढाएर सम्मान प्रकट गर्नुको अलावा पूर्वसभापति स्वर्गीय उपाध्यायप्रति महासंघले उच्च सम्मान प्रकट गर्दै आज एक दिन महासंघका केन्द्रीय तथा स्थानीय कार्यालयहरु विदा दिनुका साथै कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।  कार्यक्रममा सञ्चार मन्त्री सुरेन्द्र कार्की, पूर्व उपप्रधानमन्त्री कमल थापा, महासंघका पूर्व अध्यक्षसहित ठूलो संख्यामा पत्रकार तथा आफन्तहरुको सहभागिता थियो ।