बिहिबार, बैशाख १३, २०८१

पुनःसंरचना आयोगको प्रतिवेदनप्रति सासद केसीको आपत्ति

काठमाडौं माघ १०,  आज बसेको व्यवस्थापिका–संसद् बैठकमा बोल्दै काँग्रेस सासद सांसद जगदीशनरसिंह केसीले पुनःसंरचना आयोगको मापदण्डअनुसार नै 16266287_1864670950484680_654966718001815549_nजिल्ला जिल्लाबाट सहमतिका आधारमा निर्णय भएको तर अहिले प्रतिवेदनमा फरक कुरा आएको भन्दै आपत्ति जनाउनुभएको छ । त्यस्तै उहाँले यसै प्रसंगमा नुवाकोटमा जनताले ज्ञापनपत्र बुझाउन जाँदा निर्दाेष जनतामाथि प्रहरीले दमन गरेको घटनाको निन्दा समेत गर्नु भएको छ ।

त्यस्तै सांसद प्रकाश ज्वालाले विमानस्थलबाट ३३ केजी सुन भित्रिएको घटना प्रति ध्यानाकर्षण गराउँदै सुनकाण्डका दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको थियो भने सांसद डा सुबोधकुमार पोखरेलले सिके राउतले राष्ट्र विखण्डनको कुरा गर्दा पनि सरकार मूकदर्शक बनेको भन्दै आपत्ती प्रकट गर्नु भएको थियो ।

त्यस्तै सांसद कमला विश्वकर्मा , सांसद अनुराधा थापामगर लगायतले पनि विभिन्न विषयगत प्रसंगमा सरकारको ध्यानाकर्षण गराउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । व्यवस्थापिका–संसद्को अर्काे बैठक माघ ११ गते मङ्गलबार दिउँसो ३ बजे बस्नेछ ।