शुक्रबार, चैत्र १६, २०८०

पत्रकार दुलाललाई पितृशोक

काठमाडौं माघ १३ , नेपाल प्रेस युनियनका पार्षद तथा क्लिकमाण्डौं डटकममा कार्यरत आर्थिक पत्रकार पुष्प दुलाललाई पित्रृशोक परेको छ। दुलालका पिता तेह्रथुम ओयाङजुङ ३ निवासी ६५ बर्षीय लिलानाथ दुलालको बिहिवार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । दुलाल केहि समयदेखि Puspa-dulal-father-death-2073-10-13प्याङक्रियाजको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । दुलालका श्रीमती, ३ छोरा र एक छोरी रहेका छन् । उहाँको अन्तिम संस्कार तेह्रथुममा नै हुने छ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी वित्रप्तिमा पत्रकार पुष्प दुलालका पिताको निधनमा गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त दुलाल परिवारजनमा युनियनले समवेदना व्यक्त गरेको छ ।  यसैवीच नेपाल सहकारी पत्रकार समाज सिजेएनका अध्यक्ष डिल्ली सापकोटाले विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गर्नु भएको छ ।