शुक्रबार, बैशाख १४, २०८१

पत्रकारआचारसंहिता, उल्लङ्घन नर्गन काउन्सिलको आग्रह

काठमाडौं माघ ६,  प्रेस काउन्सिल नेपालले मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावका विरुद्ध केही व्यक्तिहरूले दिएका अभिव्यक्ति र bigyapti[1]क्रियाकलापलाई केही मिडियाले प्रोत्साहित गर्ने तरीकाले समाचार सामग्री सम्प्रेषण गर्ने गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीद्दारा आज जारी विज्ञप्तिमा मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई आँखाको नानीझैं संरक्षण र सम्वद्र्धन गर्नका लागि आमजनतालाई सजग बनाउनु पत्रकारिता क्षेत्रको अहम् दायित्व भएको यथार्थतालाइ नजर अन्दाज गर्नुको अलावा पत्रकारआचारसंहिता, २०७३ को दफा ५ (१) को उल्लङ्घन हुने हुँदा त्यस्ता समाचार–सामग्री सम्प्रेषण नगर्न–नगराउन  सम्बद्ध मिडियालाई सचेत गराइएको छ ।