बिहिबार, बैशाख १३, २०८१

न्यायाधिस नियूक्ती प्रकरणका कारण नेताहरुवीच खटपट

काठमाडौ पौष २९ , विहवार मध्य रातमा उच्च अदालतमा गरिएको न्यायाधिस नियूक्तीको विषयलाई लिएर उत्पन्न विवादमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस 1-1सभापति शेरबहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविच खटपट सुरु भएको छ ।सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रवीच भएको न्युनतम सहमति समेत तोडेर माओवादीले आफ्ना मान्छेलाई मात्र न्यायधीश नियुक्ती गरेपछि न्यायाधिस नियूक्ती विवाद छताछुल्ल भएको हो ।

त्यसोत मुलुकमा स्थानीय निर्वाचनको मिति घोषणा र संविधान संसोधन विद्येयकको प्रसंग चल्दै गरेको अवस्थाका वीच एकाएक उच्चअदालतमा न्यायाधिस नियूक्ती प्रकरणका कारण नेताहरुवीच खटपटको वातावरणले प्रशय पाएका कारण निर्वाचनको मिति घोषणा र संविधान संसोधन विद्येयक प्रसंग समेत ओझेलमा पर्ने त होइन भन्ने संभावना लाइ समेत बढावा दिएको छ ।
यसैक्रमममा नेताहरुवीच भएको आजको बैठकमा उपेन्द्र यादवले न्यायाधिस नियूक्तीको सिफारिसप्रति कडा आपत्ति जनाउँदै न्यायाधिस नियूक्ती तत्काल सच्यानु पर्नेमा आफ्नो अभिमत प्रकट गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  समाचार स्रोतका प्रमुख प्रतिपक्षी दल एमालेले १० जनाको नाम दिएको भएपनि सिफारिस अनुरुप न्यायाधिस नियुक्ति  नभएको भन्दै तिव्र विमति पोखेको बताईएको छ ।