मङ्लबार, बैशाख ४, २०८१

नापी अधिकृत झाविरुद्ध मुद्दा दायर

काठमाडौ माघ १३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी टोलीको कार्यालय, टीकाथलीमा कार्यरत नापी अधिकृत प्रेमचन्द्र झालाई विशेष anup_20160320_98अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जग्गा हाल साविक गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस माग्दामाग्दै आयोग टोलीले केही दिन पहिले नापी अधिकृत झालाई पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ