बिहिबार, बैशाख ६, २०८१

नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ सहित पदभार ग्रहण

  काठमाडौं माघ ६, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचन्द्र नेतृत्वको वर्तमान सरकारमा नयाँ जिम्मेवारी सहित थपिएका मन्त्रीद्दय समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा downloadगोपनीयताको शपथ खुवाउनुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रम प्रचण्डको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिमण्डलमा सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सिंह यसअघि पनि मन्त्री भइसक्नुभएको छ ।

यसैवीच खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले पदभार ग्रहण गर्दै यसअघि आफूले तयार पारेको खानेपानी सरसफाइसम्बन्धी कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  त्यस्तैगरि अर्का नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पनि पदबहाली गर्दै उहाँले प्राप्त जिम्मेवारी अनुरुप आफुले राष्ट्रका लागि केही गर्ने अभिव्यक्ति दिनु भएको छ ।