शनिबार, बैशाख ८, २०८१

ट्राफिक प्रहरीलाइ एनएमवीद्दारा ड्रोन हस्तान्तरण

काठमाडौं पौष २९, एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल ट्राफिक प्रहरीलाइ आज एक विशेष कार्यक्रमका वीच  डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रा नामक 15936696_1745786252416678_8366913804497191568_o16112693_1745786842416619_1079121226927933861_oट्राफिक ड्रोन अर्थात युएभी क्यामरा हस्तान्तरण गरेको छ ।

एनएमवी बैंकका सिईओ उपेन्द्र पौडेलले महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रकाश अर्याललाइ बढ्दो महानगरिय  ट्राफिक जामको  व्यवस्थापनको लागि उक्त ट्राफिक ड्रोन हस्तान्तरण गर्नु भएको हो ।   ड्रोन हस्तान्तरण कार्यक्रम पछि सोको  परिक्षण समेत गरिएको  थियो ।

बैंकले यस अघि  पनि नयाँ पुस्तामा पूरानो सम्पदाहरुको बारेमा जनचेतना फैलाउनको लागि राष्ट्रिय सम्पदा दिवसको अवसर पारेर सम्पदा संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमकको आयोजना गरेका थिए ।