शुक्रबार, बैशाख ७, २०८१

ट्याङकर इकाइको अध्यक्षमा दुलाल

झापा माघ १६, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन ट्याङकर इकाई चारआली झापाको प्रथम इकाई अधिवेशन सम्पन्न भएको छ । कनकाई नगरपालिका ३ धनुसकोटीमा सम्पन्न अधिवेशनले तोक प्रसाद दुलालको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश उराउ,सचिव गोपाल 16244310_1839815752955595_191539358_n[1]श्रेष्ठ,सह सचिव घनश्याम बानिँया,कोषाध्यक्ष लिलाराज फूयाल रहनु भएको छ । त्यस्तै सदस्यहरूमा मोहमत महेताप,प्रतिप विश्वास,टिएन दुलाल,समिर तामाङ,गणेश थापा,लिला कुमाल र प्रेम बिक रहनु भएको छ ।

त्यस्तै सल्लहाकार समितिको संयोजकमा जीवन कार्की,सदस्य मोहमत हाकिम,हिरा माझी,बिरेन्द्र लामा लाई चयन गरिएको छ भने जिफन्ट प्रतिनिधिमा दूयोधन गुरुङ्गलाई चयान गरिएको छ ।  तोक प्रसाद दुलालको सभापचित्तवमा सम्पन्न अधिवेशमा नेपाल यातायत स्वतन्त्र मजदुर सङ्घका केन्द्रीय सचिव बिमला बिकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा  प्रेट्रोलियम  डिलर्स का राष्ट्यि केन्द्रीय सचिव लय प्रसाद भण्डारी,मेची  प्रेट्रोलियम  डिलर्स एसोसेसियनका अध्यक्ष मार्च प्रसाई,उपाध्यक्ष नवीन कोइराला,सचिव विनोद चापागाई,महासचिव विनोद कुमार बस्नेत,ट्याङकर इकाई बिराटनगर अध्यक्ष झलक थापा,पूर्वाञ्चल ढुवानी प्रेटेलियम सङ्घका अध्यक्ष गुणराज निरौला ,केशव सन्जेल,वासुदेव भण्डारी लगायतको उपस्थिती रहेको थियो ।