शुक्रबार, बैशाख ७, २०८१

झापा गोल्डकप प्रतियोगिताका लागि ५० लाख सहयोग प्राप्त

बिर्तामोड माघ ११,   माघ १५ बाट झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकप सम्पन्न गर्न Captureमंगलवारसम्ममा ५० लाख रुपैयाँ बढी रकम जुटेको समाचार प्राप्त भएको  छ ।  गोल्डकप आयोजक समितिका   अध्यक्ष महेन्द्रकुमार गिरीले  माघ २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल तथा भारतका चर्चित ८ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेता टिमलाई ७ लाख तथा उपविजेतालाई साढे तीन लाख प्रदान गरिने  जानकारी दिईएको   छ ।

यसक्रममा दोस्रो रमपम झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न कर्पोरेट हाउसहरुबाट ५० लाख रुपैयाँभन्दा बढी रकम जुटेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा अध्यक्ष गिरीलाइ उदृत गर्दै कर्पोरेट हाउसहरुबाट जुटेको सहयोगले गोल्डकप सम्पन्न गर्न उत्साह थपिएको जनाउँदै गोल्डकपको दोस्रो पुरस्कार राजन श्रेष्ठले प्रायोजन गर्ने घोषणा गरेको बताईएको छ ।

त्यस्तै मची आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, वीएण्डसी हस्पिटल, महेन्द्र गुजरात ट्याक्टर, लिट्ल फ्लावर्स अंग्रेजी मावि, मनषा सिमेन्ट, जगदम्बा ग्रुपको टिभिएस, हनुमान सेन्ट्रलले गोल्डकप सम्पन्न गर्न प्लाटिनियम, गोल्ड र सिल्भर स्पोन्सर वापतको रकम प्रदान गरेका छन् । उक्त तीनै वटा स्पोन्सरको राशी मापदण्ड ५ लाख, तीन लाख र १ लाख कायम गरिएको छ । त्यस्तै नेट लाइफ एलिको, एक्सपर्ट एजुकेशन कन्सलटेन्सी, हाम्रो नेपाल साकोस, शिखर साकोस, सूर्यदर्शन साकोस, सहारा नेपाल साकोस, परिचय आवास, भगवती सिमेन्ट, जियोनी मोवाइल, गोर्खा टेलरिङ, मातृभाग्य रेखा, आईएमई ग्रुप, जिविस झापा, राष्ट्रिय खेलकुद परिषद्, सेन्च्युरी सिमेन्टले समेत विभिन्न स्पोन्सरको रकम प्रदान गरेका छन् ।

यसैवीच झापा गोल्डकप यस बर्षबाट विधिवत् जिल्ला प्रशासनमा दर्ता भई संस्थागत रुपमा अघि बढाइने भएकाले एक सय जना भन्दा बढीले जनही २१ हजार रुपैयाँ तिरेर गोल्डकपको संस्थापक सदस्यता लिएको गोल्डकप आयोजक झापा ११का अध्यक्ष जलकुमार गुरुङले बताए । गुरुङले संस्थापक सदस्यता लिएर खेलकुद विकासमा टेवा पु-याउन सबैमा आव्हान समेत गरेका छन् । गोल्डकप मूल आयोजक समितिका अध्यक्ष गिरीका अनुसार यस बर्ष एक करोड २५ लाख रुपैयाँ रकम जुटाइने छ ।
‘गेट मनी’ बाट मात्र ५० लाख रुपैयाँ जुटाउने लक्ष्य रहेको अध्यक्ष गिरीले बताए । उनले झापालाई खेलकुद पर्यटन क्षेत्रको रुपमा विकास गर्न झापा गोल्डकपलाई लिडर र अरु गोल्डकपलाई फिडर बनाएर सहयोग गर्दै अघि बढ्ने योजना रहेको समेत बताए । गोल्डकपबाट संकलित रकम गोल्डकप तथा झापा ११को संस्थागत विकास लागि अक्षयकोषमा राखी खर्च गरिने अध्यक्ष गिरीको भनाइ छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031